लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो बार्सिलोनाबाट खेल्ने भएका छन् । ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्होलाई स्पेनिस क्लब एफसी बार्सिलोनाले १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको छ।
नेइमारले छाडेर पिएसजी गएपछि उनको विकल्पको खोजीमा रहेको बार्सिलोनाले २५ वर्षीय कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो (३५५ मिलियन पाउन्ड) को सम्झौता गरेको हो। कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।
कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो । नेमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन सफल भएको हो ।
यो सँगै कोटिन्हो नेइमार पछि विश्वकै महंगा खेलाडीको सूचीमा पर्छन्।
यसै सिजन बार्सिलोनाले ओसुमाने डेम्बेलेलाई जर्मनीको बोरुसिया डर्टमन्डबाट ९७ मिलियन पाउन्डमा भित्र्याएको थियो। कोटिन्होपछि उनी तेस्रा महंगा खेलाडी भएका छन् ।