टोटनह्याम र वेष्ट ह्याम युनाइटेड बराबरीमा रोकिए


इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम र वेष्ट ह्याम युनाइटेडले बराबरी खेल्दै अंक बाढेका छन्। बिहीबार राति भएको खेलमा दुबैले १ – १ गोलको बराबरी खेल्दै अंक बाढेका हुन्।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वेष्ट ह्यामले अंक बाढ्नु पर्‍यो। वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गरेका थिए भने टोटनह्यामको लागि ह्युङ मिन सनले एक गोल फर्काएका थिए ।

वेम्बली स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७० औं मिनेटमा पेड्रोको गोलबाट वेष्ट ह्यामले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८४ औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई हारबाट जोगाएका थिए ।

यो बराबरीपछि पाँचौ स्थानको टोटनह्यामले ४१ अंक जोडेको छ । २२ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा छ। लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी ६२, दोस्रोमा म्यानचेस्टर युनाइटेड ४७, तेस्रोमा चेल्सी ४६ र चौथो स्थानमा लिभरपुल ४४ अंक सहित रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.