मेसी र स्वारेज बिनाको बार्सिलोना बार्सिलोनामा रोकियो


मेसी र स्वारेज बिना मैदानमा उत्रिएको  बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग बराबरीमा रोकिएको छ। बिहिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग १-१ गोलको बराबरी खेलेको हो।

बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकुनुपरेको हो। बार्सिलोनाका लागि जोसे अर्नैजले एक गोल गरेका थिए। सेल्टाका पिओने सिस्टोले बराबरी गोल फर्काए।

बार्सिलोनाले पहिलो हाफको १५ औं मिनेटमा अर्नैजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ३१ औं मिनेटमा सेल्टाका सिस्टोले एक गोल फर्काएपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल १ – १ गोलको बराबरीमा सकियो ।

मेस्सी र स्वारेजको अनुपस्थितिमा बार्सिलोनाको फरवार्ड लाइन पाउलिन्हो र अर्नैजले सम्हालेका थिए ।

दुई टोलिबिचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.