सान्चेज चम्किएसँगै अार्सनल विजयी

फाेटाे: दि गार्जियन


 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई  ३ – २ ले पराजित गरेको छ।

आर्सनललाई क्रिष्टल प्यालेसकाे घरेलु  मैदानमा जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल तथा शोकड्रान मुस्ताफीले एक गोल गरे। प्यालेसका  लागि आन्द्रोस टाउनसेन्ड र जेम्स टमकिन्सले  एक–एक गोल फर्काएका थिए।

आर्सनलले पहिलो हाफको २५ औं मिनेटमा मुस्ताफीको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १ – ० ले पछि रहेको क्रिष्टलले दोस्रो हाफको ४९ औं मिनेटमा टाउनसेन्डको गोलबाट खेल बराबरी गर्यो । तर, दोस्रो हाफमा आर्सनलका एलेक्सिस सान्चेजले पाँच मिनेटभित्र  दुई गोल गर्दै आर्सनललाई जित दिलाए।

उनले खेलको ६२ औं मिनेटमा पहिलाे र ६६ औं मिनेटमा  दोस्रो गोल गर्दै आर्सनललाई ३ – १ को अग्रता दिलाए। यसपछि ८९ औं मिनेटमा क्रिस्टलका जेम्सले एक गोल फर्काएका  थिए।

जितसँगै आर्सनलले २० खेलबाट ३७ अंक  जाेड्दै लिगको तालिकाकाे छैटौं स्थानको आर्सनलले पाँचौ स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ। पराजित क्रिष्टल प्यालेस भने १८ अंकसहित १६ औं स्थानमा छ। ५८ अंकसहित प्रिमियर लिगको शिर्ष स्थानमा  म्यानचेस्टर सिटी र ४३  अंकका साथ दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.