रियल म्याड्रिडविरुद्ध खेलमा ८३ प्रतिशत समय मेसीले हिँडेर बिताए

तस्बिर: बीबीसी


रियल म्याड्रिडविरुद्ध शनिबारको एल क्लासिकोमा भीडन्तमा बार्सिलोनाले सानदार जित हात पारेको छ।

उक्त खेलमा एल परियोडिकोले मेसीलाई ९० मिनेटसम्म विश्लेषण गरेको थियो।

खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले २ गोल गरेका थिए। उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका थिए। गोल डटकमका अनुसार मेसीले खेलको ८३.१०% प्रतिशत समय हिँडेर बिताए। त्यस्तै अन्य १०.८० प्रतिशत समय उनी हल्का रुपमा दौडिए। ४.९५ प्रतिशत समय भने उनि दौडिए र जम्मा १.१५ प्रतिशत समयमात्र उनी उच्च गतिमा दौडिएको देखियो। उनले अधिकतम ३३.५९ किलोमिटर पर आवरका गतिले दौडिएका हुन्।

वार्साका लागि मेसीले अहिलेसम्म १५३० मिनेट खेलेका छन्। क्लबका उनी उच्च गोल कर्तासमेत हुन्।

यस सिजन लियोनल मेस्सीले ला लिगाको हरेक मिनेट मैदानमा बिताएका छन् । यसरी खेल्ने बार्सिलोनाका एक मात्र आउटफिल्ड खेलाडी हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.