जेस लिनगार्डदे इन्जुरी समयमा गोल गरेपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा हारबाट जोगिएको छ।
मंगलबार भएको खेलमा लिनगार्डले दुई गोल गरेपछि युनाइटेडले बर्नलीसँग २-२ को बराबरी खेल्दै अंक बाँढ्यो। दुई गोलले पछि परेको अवस्थामा लिनगार्ड दोस्रो हाफमा मैदान छिरेर युनाइटेडलाई अंक दिलाएका हुन्।
ओल्डट्राफोर्डमा भएको खेलको तेस्रो मिनेटमै एस्ले बार्नेसले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। ३६औं मिनेटमा स्टेभेन डेफोरले गोल गर्दै बर्नलीको अग्रता दोब्बर पारे।
पहिलो हाफसम्म बर्नली २-० ले अघि रह्यो।
पहिलो हाफमा २-० ले पछि परेको स्थितिमा लिनगार्ड ज्लाटन इब्राहिमोभिचको स्थानमा मैदान छिरेका लिनगार्डले दुई गोल गर्दै टिमलाई हारबाट जोगाए। उनले ५३औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले युनाइटलाई १ अंक दिलाए।
बराबरीपछि २० खेलबाट ४३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ।
https://www.youtube.com/watch?v=icGXQ0P6r58