वेष्ट ह्यामलाई हराउँदै आर्सनल काराबाओ कपको सेमिफाइनलमा


वेष्ट ह्याम युनाइटेडहराउँदै आर्सनल इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलमा वेष्ट ह्याम युनाइटेडलाई १ – ० ले पराजित गर्दै आर्सनल अन्तिम चारमा प्रवेश गरेको हो।

घरेलु मैदानमा आर्सनललाई जिताउन ड्यानी वेलब्याकको एक मात्र निर्णायक गोल गरे। अधिकांश समय बल नियन्त्रणमा लिएको आर्सनलले गोल भने थप गर्न सकेन। वेलब्याकले पहिलो हाफको ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

पहिलो हाफमा १ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप गोल गर्न सकेन। केहि गोलका राम्रा अवसर खेर फाल्दा वेष्ट ह्याम क्वाटरफाइनलमै रोकियो।

यसअघि म्यानचेस्टर सिटी लेष्टरलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ। बुधबार राति चेल्सीले बर्नेमाउथ र म्यानचेस्टर युनाइटेडले ब्रिस्टोलको सामना गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.