समूह विजेता बन्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा


म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा विजेता हुँदै अन्तिम १६ मा पुगेको छ।

घरेलु मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा जोसे युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हराउँदै समूहको शीर्ष स्थानमा पुगेर नकआउट चरणमा प्रवेश गर्‍यो।

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। ४५ औं मिनेटमा विटिन्होको गोलबाट मस्कोलो सुरुवाति अग्रता लिएको थियो।

दोस्रो हाफमा केही आक्रमक बनेको युनाइटेडले ६४ औं मिनेटमा रामेलु लुकाकुको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसको दुई मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि विजयी गोल गरेका थिए।

यो जितसँगै ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्‍यो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.