च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बार्यन म्युनिखले नेइमारको टिम फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई हराएको छ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बुण्डेस लिगा क्लब बार्यन म्युनिखले लिग वान क्लब पिएसजीलाई समूहको अन्तिम खेलमा ३–१ ले हराएको हो।
यता बार्यन म्यूनिखसँग पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ।
बार्यनको जितमा कोरेन्टिन टुलिसोले दुई तथा रोबर्ट लेवानडोस्की १ गोल गरे। पिएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काएका थिए।
सर्वाधिक महङ्गो रकममा पिएसजी भित्रिएका नेइमारले केही राम्रा प्रयासलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्यो।
जितपछि बार्यनको १५ अंक भयो। पिएसजीको पनि समान १५ अंक भए पनि गोल अन्तरका आधारमा ऊ समूह विजेता बन्दै अन्तिम १६मा प्रवेश गर्यो।
https://www.youtube.com/watch?v=7IGX9bYwzok