अर्जेन्टिनामै मेसीको मूर्ति फेरि तोडफोड

अर्जेन्टिनामै मेसीको मूर्ति फेरि तोडफोड


चर्चित स्ट्राइकर तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको मुर्ति फेरि तोडफोड गरी ध्वस्त बनाइएको छ। अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको हो ।

यसअघि कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरेका थिए। रियो डि ला प्लाटाको तटमा रहेको उक्त मुर्ति यसपटक पुरै तोडिएको छ।

यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेसीका समर्थकले तोडफोड गरेका थिए ।

स्वदेशमा नै यसरी मेसीको मूर्तिमाथि पटकपटक आक्रमण भएपछि उनका फ्यानहरू पनि आक्रोशित बनिरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.