इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटनलाई ५ – १ ले हराउँदै सनसनीपूर्ण जित दर्ता गर्यो।
ब्राइटनको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई तथा एम्री क्यान र फिलिपे कौटिन्होले समान एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती पाएको उपहार पाएको थियो। ब्राइटनका ग्लेन मुर्रेले एक गोल फर्काए ।
ब्राइटनविरुद्ध लिभरपुलले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको ३० औं मिनेटमा क्यानले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा फिर्मिन्होले एक गोल गरेपछि पहिलो हाफमा लिभरपुल २ – ० ले अघि रह्यो ।
दोस्रो हाफको ४८ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए । तर, खेलको ५१ औं मिनेटमा ब्राइटनका मुर्रेले एक गोल गर्दै खेल ३ – १ मा ल्याए । खेलको ८७ औं मिनेटमा कौटिन्होले एक गोल गरेपछि लिभरपुल ४ – १ ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा ब्राइटनका लेविस डुंकले आत्मघाती गोल गरेपछि लिभरपुलले ५ – १ को जित निकाल्यो ।
यो जितपछि चौथो स्थानको लिभरपुलले १५ खेलबाट २९ अंक जोडेको छ। पराजित ब्राइटन १७ अंक जोडेर लिगको ११ औं स्थानमा छ। ४० अंक जोडेको सिटि शीर्ष स्थानमा रहँदा ३५ अंक जोडेको म्यान्यू दोस्रो तथा चेल्सी तेस्रो स्थानमा छन्।
https://www.youtube.com/watch?v=zXEhc_xXtBA