साविकको विजेता चेल्सी तेस्रो स्थानमा उक्लियो

साविकको विजेता चेल्सी तेस्रो स्थानमा उक्लियो


ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीले न्युकासलमाथि सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेलाई ३-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो। चेल्सीलाई जिताउन इडेन हाजार्डले दुई तथा अल्भारो मोराटाले एक गोल गरे। न्युकासलका ड्वाइट गेलले एक गोल गरेका थिए।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा न्युकासलले सुरूवाती अग्रता लिएको थियो। खेलको १२ औं मिनेटमा गेलले गोल गर्दै न्युकासललाई अग्रता दिलाए । तर, खेलको २१ औं मिनेटमा हाजार्डले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ३३ औं मिनेटमा मोराटाले गोल गरेपछि पहिलो हाफमा चेल्सीले २ – १ को अग्रता बनायो ।

पहिलो हाफमा २ – १ ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा आक्रमक बन्दै थप एक गोल गर्‍यो। खेलको ७४ औं मिनेटमा पाएको पेनाल्टीमा हाजार्डले गोल गर्दै चेल्सीलाई ३-१ को स्पष्ट जित दिलाए।

जितपछि तेस्रो स्थानको चेल्सीले १५ खेलबाट ३२ अंक जोडेको छ। पराजित न्युकासल १५ अंक जोडेर लिगको १२ औं स्थानमा छ। लिगमा एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ४० अंकसहित शीर्ष स्थानमा छ भने १६ खेलबाटै ३५ अंक जोडेको म्यान्चेष्टर यषुनाइटेड दोस्रो स्थानमा छ। लिभरपुल चौथो र आर्सनल पाँचौ स्थानमा छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.