स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोना घरेलु मैदानमै बराबरीमा रोकिएको छ। शनिबार साँझ भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग आफ्नै मैदानमा २-२ गोलको बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको हो।
सेल्टाविरुद्ध एकतर्फी खेल खेले पनि बार्सिलोना पहिलो हाफको २० मिनेटमै गोल खान पुगेको थियो। इयागो अस्पासले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै मेसीले गोल फर्काएपछि खेल १-१ को बराबरीमा आयो। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफमा थप आक्रमक बनेको बार्साका लागि ६२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई २ – १ को अग्रता दिलाए। तर, खेलको ७० औं मिनेटमा सेल्टाका मैक्सिमिलियानो गोमेजले एक गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल बराबरीमा सकियो ।
घरेलु मैदानमा बराबरीमा रोकिए पनि बार्सिलोना ३६ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत छ। यता बार्सिलोनासँग बरबरी खेलेको सेल्टा १८ अंक जोडेर लिगको आठौं स्थानमा छ। एक खेल कम खेलेको भ्यालेन्सिया ३१ अंकसहित दोस्रो तथा ३० अंक जोडेको एथ्लेटिकको मड्रिड तेस्रो स्थानमा छन्। २८ अंक बटुलेको रियल मड्रिड चौथो स्थानमा छ भने समान अंक भएको सेभिल्ला अंक तालिकाको पाँचौ स्थानमा छ।
https://www.youtube.com/watch?v=EIdzdUZuL-E