२६ हजार करोडमा स्टार इन्डियाले किन्यो आईपीएलको प्रसारण अधिकार


स्टार इन्डियाले इन्डियन प्रिमियर लिग ‘आइपीएल’को ग्लोबल मिडिया अधिकारको लागि सबैभन्दा धेरै २६१५५.२ करोड रुपैयाँको बोली लगाएर यसको टीभी र डिजिटल अधिकार पाउन सफल भएको छ। अब पाँच वर्षसम्म आईपीएलको प्रसारण अधिकार स्टार इन्डियासँग हुनेछ।

बीसीसीआईले सन् २०१८ देखि २०२२ सम्मको लागि प्रसारण अधिकारको लागि नीलामीको आयोजना गरेको थियो। जसमा स्टार इन्डियाले सबैभन्दा धेरै रकम दिएर यसको अधिकार प्राप्त गरेको हो।

आईपीएल देखाउने सबै अधिकार अबको पाँच वर्षसम्म स्टार इन्डियासँग रहनेछ। स्टार इन्डियाले अब टीभी, इन्टरनेट र मोबाइल बाहेक देश बाहिर पनि प्रसारणको अधिकार पाएको छ।

यसअगाडी आईपीएलको पहिलो सिजनको अधिकार सोनी पिक्चर्ससँग थियो। तर यसपटक स्टार इन्डियाले पहिलाको भन्दा दुईगुणा बोली लगाएर प्रसारणको सबै अधिकार पाएको हो।

नीलामी अगाडी यसमा भारत र विदेशका २४ कम्पनीले अधिकार किन्ने इच्छा व्यक्त गरेका थिए। पछि बीसीसीआईले अयोग्य भएको कारण ६ कम्पनीलाई नीलामी प्रक्रियाबाट हटाइदिएको थियो।

नीलामीमा शामेल भएका योग्य १८ कम्पनी मध्ये १४ कम्पनीले मात्र आजको नीलामीमा सहभागीता जनाएका थिए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.