१९ ब्याट्सम्यानलाई घाइते बनाएका सोएबको नयाँ खुलासा

१९ ब्याट्सम्यानलाई घाइते बनाएका सोएबको नयाँ खुलासा


रावलपिन्डी एक्सप्रेसको उपनामले लोकप्रिय पाकिस्तानका पूर्व तीब्र बलर सोएब अख्तरले आफ्नो खेल जीवनमा थुप्रै ब्याट्सम्यानलाई घाइते बनाए। तर, उनी एक जना ब्याट्सम्यानलाई घाइते बनाउन नसकेकोमा अहिले पनि चुकचुकाउने गर्छन्।

सोएबले आफ्नो खेल जीवनमा १९ ब्याट्सम्यानलाई मैदानभित्र घाइते बनाएका थिए। तर, उनले हालै आफ्नो ट्विटमार्फत एकजना ब्याट्सम्यानलाई जति मेहनत गर्दा पनि घाइते बनाउन नसकेको बताएका छन्।

उनले खेल जीवनमा आफूले अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान म्याथ्यु हेडनलाई घाइते बनाउने चाहना राखेको बताए। उनले टेस्टमा मात्र होइन, अभ्यास खेलमा पनि हेडनलाई घाइते बनाउन थुप्रै प्रयास गरेको खुलासा गरेका छन्। उनले हेडनसँग आफ्नो गहिरो सम्बन्ध भएको बताएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.