आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को निर्णायक खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ। कोलकतामा भाएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराएपछि भारत समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो। यसअघि यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो।
अब सेमिफाइनलमा अर्को समूहबाट आएको इंग्ल्यान्ड र भारतबीच मुम्बई तथा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकतामा खेल हुनेछ।
आइतबार वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्यलाई पछ्याउँदै भारतले ५ विकेटको क्षतिमा १९९ रन बनाउँदै खेल जितेको हो। भारतको यो जितको मुख्य नायक सन्जु सामसन बने, जसले अविजित ९७ रनको सानदार इनिङ खेले।
यस विश्वकपको सुरुवाती पाँच खेलमा सामसन पहिलो रोजाइका ओपनर थिएनन्। तर भारतका लागि 'जित्नै पर्ने' खेलहरूमा उनलाई ओपनरका रूपमा पठाइयो। उनले ५० बलमा ९७ रन बनाउँदै भारतका लागि टी-२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलताका साथ पूरा गर्न मद्दत गरे। खेल जितेपछि उनी मैदानमा घुँडा टेकेर भावुक बनेका थिए।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १९५ रन बनायो। कप्तान शाई होपले ३३ बलमा ३२ रन मात्र बनाएर केही सुस्त खेलिदिए, जुन वेस्ट इन्डिजका लागि घाटा बन्यो। यद्यपि, रोस्टन चेसले ४० रन र जेसन होल्डरले अन्त्यमा विष्फोटक ब्याटिङ गर्दै ३७ रन जोडे। अन्तिम ओभरतिर होल्डर र पावेलले भारतीय बलर जस्प्रीत बुमराहको ओभरमा समेत धेरै रन बटुलेका थिए।
जस्प्रीत बुमराहले २ विकेट लिए पनि अन्तिम ओभरहरूमा केही महँगा सावित भए।
लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात खासै राम्रो भएन। अभिषेक शर्मा र इशान किशन चाँडै आउट भए। सूर्यकुमार यादवले पनि १६ बलमा १८ रन मात्र बनाउन सके। तर, एकातर्फबाट सामसनले लगातार चौका र छक्का प्रहार गर्दै रनको गति बढाए। उनलाई युवा ब्याटर तिलक वर्माले २७ रन बनाएर राम्रो साथ दिए।
अन्तिम दुई ओभरमा भारतलाई १७ रन चाहिएको थियो। हार्दिक पाण्ड्या आउट भएपछि खेल केही तनावपूर्ण देखिएको थियो, तर शिवम दुबेले लगातार दुई चौका
भारतले यो 'क्वार्टरफाइनल' मानिएको खेल ५ विकेटले जित्दै आफ्नो यात्रा अघि बढाएको छ।