आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले बलिङ गरिरहेको छ।
तल्लो मुलपानी ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
हङकङविरूद्ध जित्नै पर्ने खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ।
आज विपिनप्रसाद शर्माको स्थानमा दयानन्द मण्डल खेलाइएको छ।
पाँच देश सम्मिलित प्रतियोगिताको विजेता मात्रै आगामी विश्वकपमा सहभागी हुन पाउँछ।
नेपाल अघिल्लो दुई खेलमै विजयी भएको थियो। पहिलो खेलमा युएई र दोस्रो खेलमा ओमानलाई हराउँदै नेपालले आफ्नो सम्भावनालाई जिवित राखेको छ।
आजको खेल जिते नेपालले अफगानिस्तानलाई पराजित गर्दै विश्वकपमा छनोट हुन सक्नेछ।