आइपिएल २०२५ अन्तर्गत सोमबार लखनऊमा सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्स (एलएसजी) लाई ५ विकेटले पराजित गर्दै लगातार पाँच खेलको हारको श्रृंखला तोडेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रनको योगदान दिए। यस्तै मिचेल मार्सले ३० रन बनाए।
बलिङमा चेन्नईका रवीन्द्र जडेजाले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने दीपक चाहर र मथीशा पथिरानाले समान १–१ विकेट लिए।
१६७ रनको लक्ष्य पछ्याएको चेन्नईले ओपनर ऋतुराज गायकवाडको अनुपस्थितिमा धोनीको कप्तानीमा मैदान उत्रिदै १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि शिवम दुबेले ३७ बलमा ४३ रन बनाए भने अन्त्यतिर धोनीले ११ बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले।
खेलको म्यान अफ द म्याच धोनी घोषित भए। यो जितसँगै चेन्नई तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
अर्को खेलमा चेन्नईले बैंग्लोरसँग सामना गर्नेछ भने लखनऊले राजस्थान रोयल्सको चुनौती सामना गर्नेछ।