चेन्नई सुपर किंग्स लगातार पाँच खेलमा पराजित भएको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई कोलकातासँग पराजित भएको हो।
ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए।
उनको कप्तानीमा खेलेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्यो। कोलकाताले ८ विकेटको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्दै १०३ रनमा समेटिएको थियो।
शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए। अरू ब्याटर चलेनन्। कप्तान धोन ४ बल खेलेर एक रनमै आउट हुन पुगे।
रवीन्द्र जडेजा र दीपक हुडा शून्यमा आउट भए।
बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले दुई/दुई तथा वैभव अरोरा र मोयन अलीले १/१ विकेट लिए।
कोलकाताले १०४ रनको लक्ष्य १०.१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्यो।
त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए।
त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए। क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे।
चेन्नईका अनसुल कमबोज र नुर अहमदले एक/एक विकेट लिए।
साविक विजेता कोलकाता ६ खेलमा तीन जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।
चेन्नई २ अंकसहित नवौं स्थानमा छ।
चेन्नई यसअघि पञ्जाब, दिल्ली, राजस्थान र बेंग्लुरूसँग पराजित भएको थियो। मुम्बईविरूद्धको पहिलो खेलमा भने चेन्नईले ४ विकेटले जितेको थियो। त्यसयता लगातार पराजित भएको छ।