चारदेशीय टी-२० सिरिजिमा कतारविरूद्ध जितका लागि नपालले १५२ रनको लक्ष्य पाएको छ।
हङकङमा बुधबारदेखि सुरू भएको सिरिजको पहिलो खेलमा नेपालले कतारविरूद्ध टस जितेर बलिङ गरेको थियो।
हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई १५१ रनमा रोक्ने क्रममा नेपालले ५ विकेट लियो।
करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिएका थिए।
कतारका कप्तान इक्रमउल्लाह खानले अर्धशतक हाने। उनले ५४ बलमा ५ चौका र २ छक्का हानेर ५४ रन बनाए।
शहाजैब जमिलले २१ बलमा ४ छक्का प्रहार गरी ३१ रन बनाए। मुजिबउर रहमान २० र मोहम्मद इर्साद १८ रन बनाएर नट आउट रहे।
नेपालको प्लेइङ इलाभेनमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र ललित राजवंशी छन्।