चारदेशीय टी-२० सिरिज बुधबारदेखि सुरू भएको छ।
नेपाल, हङकङ, कतार र कुवेतबीचको टी-२० सिरिज बुधबारदेखि हङकङमा सुरू भएको हो।
हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा सिरिजको उद्घाटन खेलमा नेपाल र कतार खेलिरहेका छन्।
कतारविरूद्ध टज जितेर नेपाल बलिङ गरिरहेको छ।
नेपालको प्लेइङ इलाभेनमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र ललित राजवंशी छन्।
नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।