आइपिएल २०२५ अन्तर्गत लखनउ सुपर जायन्टले कोलकता नाइटराइडर्समाथि ४ रनको जित निकालेको छ।
मंगलबार घरेलु मैदानमा लखनउले दिएको २३९ रनको लक्ष्य पछ्याएको कोलकताले ७ विकेटको क्षतिमा २३४ रन बनायो।
अन्तिम ओभरमा २४ रन चाहिएको कोलकताका लागि रिन्कु सिंहले अन्तिम तीन बलमा दुई चौका र एक छक्का हिर्काए। त्यसअघि हर्षित रानाले तीन बलमा एक चौकासहित पाँच रन बनाए।
कोलकताका लागि रिन्कुले १५ बलमा नटआउट ३८ रन र अजिन्का राहाणेले ३५ बलमा ३८ रन बनाए।
बलिङमा लखनउका लागि आकाश दीप र शार्दुल ठाकुरले २-२ विकेट लिए।
कोलकताको इडन गार्डेनमा टस जितेको कोलकताले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा २३८ रन जोड्यो।
लखनउका लागि मिचेल मार्सले ४८ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ८१ रन र निकोलास पूरनले ३६ बलमा ७ चौका र ८ छक्काको मद्दतमा ८७ रन बनाए। पूरनले २१ बलमै अर्धशतक प्रहार गरेका थिए।
ओपनर एडिन मक्रमले २८ बलमा ४७ रन जोडेका थिए।
बलिङमा कोलकतका हर्षित रानाले २ विकेट लिए।
लखउनले तेस्रो जित निकाल्दा कोलकताकोले पाँच खेलमा तीन खेल गुमाइसकेको छ।