नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
चैत ३० देखि मुलपानीको तल्लो र माथिल्लो मैदानमा हुने एसिया छनोटक लागि नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
नेपालको खेल
नेपाल भर्सेस युएई – चैत ३०
नेपाल भर्सेस ओमान – वैशाख १
नेपाल भर्सेस हङकङ – वैशाख ३
नेपाल भर्सेस अफगानिस्तान – वैशाख ६
नेपाली टोली
१ नरेन भट्ट (कप्तान)
२ अभिषेक तिवारी
३ नीरज यादव
४ साहिल पटेल
५ सिब्रीन श्रेष्ठ
६ रोशन विश्वकर्मा
७ दर्श सोनार
८ दिलसाद अलि
९ सन्तोष यादव
१० अशोक धामी
११ दयानन्द मण्डल
१२ अप्राजित पौडेल
१३ युवराज खत्री
१४ विपिन प्रसाद शर्मा