पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन्।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए।
मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हासिल गरेको छ।
१६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाउँदै जित हासिल गर्यो।
हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिदौ क्याच आउट भए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दिपक बोहोरा १ रनमा क्याचआउट भए ।
खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए । हिमाल दुल्याल ५ र अभिषेक बुढायर ९ रनमा आउट भए । सोनु देवकोटा ३६ रनमा नटआउट रहे । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर । दिपेश विष्ट शुन्यमै पेभिलियन फर्किए । प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट रहे । उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरे । ग्रेट हिमालयका लागि सन्दिप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान २÷२ तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले १-१ विकेट लिए ।
त्यस अघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनायो । अभिषेक थापा ४२ रनमा नट आउट रहे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । किरण बुढामगर १ रनमा नट आउट रहे । ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए । कृष कार्की १६ रनमा क्याछ आउट भए । दिपेश बुढा मगर शुन्यमै पेभेलियन फर्कीए ।
उत्तम रंघु थापा मगर १७ रनमा क्याच आउट भए । अशोक पौडेल ३७ रन बनाउदै क्याच आउट भए । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दिपक केवत १३ रनमा क्याच आउट भए । रुपेश कुमार श्रीवास्तव ८ रनमा क्याच आउट भए भने चन्द्रकान्त पौडेल ६ रनमा बोल्ड भए । सन्दिप पराजुली शुन्यमा पेभेलियन फर्किए ।
हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसि, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान २÷२ विकेट लिए भने दिपक चन्दले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए ।
दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लब माथि ४ विकेटको जित हासिल गरेको छ । १३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पुरा ग¥यो । गण्डकीले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ३७ रनको योगदान दिदैँ बोल्ड आउट भए । उनले २० बलमा ७ चौका प्रहार गरे । दिपक डुम्रे १८ रनमा बोल्ड भए । सुजन थपलिया शुन्यमा एल्बी डब्लु आउट भए । बसन्त कार्की ९, अमिर गुरुङ ६ रनमा आउट भए । मिलन बोहोरा ५ र सुदिप अर्याल १ रनमा नटआउट रहे।
चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनायो। ओपनर आसुतोस घिराया १६ रनमा रनआउट भए । गोविन्द विक १२ रनमा रनआउट भए । विवेश रानामगर १६ रनमा क्याचआउट भए । प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । गौतम केसी १२ रनमा एलबी डब्लु आउट भए । दिपेश श्रेष्ठ २ रनमा क्याच आउट भए । कमल परियार ५ रनमा क्याच आउट भए । रिजन काफ्ले ३ रनमा आउट भए भने क्रिजन गुरुङ ३ रनमा रनआउट भए । सुर्यान्सु कोइराला १७ र नरेश प्रधान शुन्यमा नटआउट रहे । सुर्यान्सुले १० बलमा २ चौका र १ छक्का प्रहार गरे। गण्डकी हिरोजका लागि सुदिप अर्यालले २ तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १-१ विकेट लिए।