अघिल्लो सिजन फाइनल पुगेको सनराइजर्स हैदरावाद जारी सिजनमा खराब लयमा देखिएको छ।
हैदरवाद पछिल्लो चार खेलमा लगातार पराजित भएको छ। पहिलो खेलमा राजस्थान रोयल्सविरूद्ध २८६ रन बनाएर जितेको हैदरावाद त्यसपछिका खेलमा २०० रन कटाउन सकेको छैन।
गएराति गुजरात टाइटन्सविरूद्ध १५२ रन मात्रै बनाउँदा नितिश कुमार रेड्डीले बनाएको ३१ रन सर्वाधिक भयो। हेनरिक क्लासेनले २७, अभिषेक शर्माले १८, इशान किसनले १७, अनिकेत बर्माले १८, ट्राविस हेडले ८ रन मात्रै बनाए। कप्तान प्याट कमिन्सले नट आउट २२ रन जोडेका थिए।
हैदरावादविरूद्ध मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए भने प्रसिद्ध कुमार र साई किशोरले २/२ विकेट लिए।
हैदरावादले दिएको झिनो लक्ष्य गुजरातले १६.४ ओभरमा तीन विकेटमात्रै गुमाएर पूरा गर्यो।
कप्तान शुभमन गिललले अर्धशतक हाने। उनले ४३ बलमा ९ चौका हाने। वासिङटन सुन्दरले २९ बलमा ५ चौका र २ छक्का हाने।
सर्फेन रथरफोर्डले १६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
हैदरावादका लागि मोहम्मद शामीले २ र प्याट कमिन्सले १ विकेट लिए।
हैदरावाद २ अंक मात्रै जोडेर पुछारमा छ। गुजरात ६ अंक बनाउँदै दोस्रो स्थानमा छ।
हैदारवाद यसअघि लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राडर्ससँग पराजित भएको थियो।