इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफलमध्येको एक टोली चेन्नई सुपरकिंग्स सिजन २०२५ मा सुरूवाती चारमध्ये तीन खेलमा पराजित भइसकेको छ।
शनिबार भएको खेलमा पाँच पटकको च्याम्पियन चेन्नईमाथि दिल्ली क्यापिटल्सले २५ रनको जित निकाल्यो।
चेन्नईको चिदाम्बर रंगशालामा चेन्नईले दिल्लीविरूद्ध सन् २०१० पछि पहिलो पटक पराजय भोगेको हो। सन् २००८ र २०१० मा चेन्नईमा जित निकालेपछि दिल्ली सधै पराजित हुँदै आएको थियो।
सन् २०१० यता चेन्नईले दिल्लीलाई ६ खेलमा घरेलु मैदानमा हराएको थियो।
शनिबार भएको खेलमा दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १५८ रन मात्र जोड्न सक्यो।
चेन्नईले १८० भन्दा बढीको लक्ष्य पूरा गर्न नसकेको सात वर्ष लागिसकेको छ। पछिल्ला १० खेलमा पनि उसले १८० रनको लक्ष्य पार गर्न सकेको छैन।
पछिल्लो पटक चेन्नईले सन् २०१८ मा सनराइजर्स हैदरावादले दिएको १८० रनको लक्ष्य पूरा गरेको थियो। त्यसपछि उसले १० खेलमा १८० भन्दामाथिको लक्ष्य पछ्याउदा लगातार पराजय भोगेको छ।
यो सिजन पराजय भोगेका तीनै खेलमा चेन्नईले १८० ब९ीको लक्ष्य पूरा गर्न सकेको छैन।
सन् २०२५ मा बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले १४६ रन मात्र जोड्न सक्यो।
यस्तै यहि सिजन राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७६ रन मात्र जोड्न सक्यो।
शनिबार दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याउँदा पनि चेन्नई कमजोर देखियो।