इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरूले पहिलो हार ब्यहोरको छ।
गएराति बेंग्लुरू घरेलु मैदानमै गुजरात टाइटन्ससँग ८ विकेटले पराजित भएको हो।
बेंग्लुरूले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टाएको हो।
त्यस क्रममा जोश बट्लर ७३ र शर्फेन रथरफोर्ड ३० रन बनाउँदै नट आउट रहे। बट्लरले ३९ बलमा ५ चौका र ६ छक्का हाने। रथरफोर्डले १८ बलमा १ चौका र ३ छक्का हाने।
त्यसअघि ओपनर साई सुदर्शनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरी ४९ रन बनाए। शुभमन गिल १४ बलमा १४ रन बनाएर आउट भएका थिए।
बलिङमा बेंग्लुरूका भूवनेश्वर कुमार र जोश हेजलउडले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बेंग्लुरूले ८ विकेट गुमाएर १६९ रन बनाएको थियो।
बेंग्लुरूका लियाम लिभिङस्टोनले ४० बलमा १ चौका र ५ छक्का हानेर ५४ रन बनाए।
जितेश शर्माले ३३, टिम डेविडले ३२ र फिल सल्टले १४ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके।
बलिङतर्फ गुजरातका मोहम्मद सिराजले ३ र साई किशोले २ विकेट लिए। त्यस्तै अर्शद खान, प्रशिद्ध कृष्ण र इशान्त शर्माले १/१ विकेट लिए।
बेंग्लुरूले सुरूवाती दुई खेलमा कोलकाता र चेन्नईलाई पराजित गरेको थियो। गुजरातको यो दोस्रो जित हो। पहिलो खेलमा पञ्जाबसँग पराजित भएको गुजरातले दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई हराएको थियो।