आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जनाको प्रारम्भिक टोली घोषणा गरेको छ।
राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न अप्रिल १ देखि सुरु हुने तयारी प्रशिक्षणको लागि २८ खेलाडीको प्रारम्भिक टोली घोषणा गरिएको हो।
यो छनोटका लागि क्यानले यसअघि कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतका मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
एसिया छनोटका शीर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन्।
विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
तयारी क्याम्पको लागि छनोट भएका खेलाडीहरूः
१. इन्दु बर्मा (कप्तान), २. रुबिना छेत्री, ३. बिन्दु रावल, ४. एलिसा कुमारी यादव, ५. साना प्रवीण, ६. राजमती ऐरी, ७. रोमा थापा, ८. कविता कुँवर, ९. ईश्वरी विष्ट, १०. पूजा महतो, ११. कविता जोशी, १२. मनीषाकुमारी उपाध्याय, १३. सबनम राई, १४. सिमाना केसी, १५. रचनाकुमारी चौधरी, १६. सम्झनाकुमारी खड्का, १७. रिया शर्मा, १८. रुवी पोद्दार, १९. सीता राना मगर, २०. यशोदा विष्ट, २१. अनु कडायत, २२. मनीषा बोहरा, २३. लक्ष्मी साउद, २४. हेलिसा गुरुङ, २५. काजल श्रेष्ठ, २६. सोमु विष्ट, २७. सङ्गीता राई, २८. एलिसा खडिया।