आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।
आइतबार विराखापट्टनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो। पहिलो खेलमा जित निकालेको हैदरावाद भने पछिल्ला दुई खेलमा पराजित भइसकेको छ।
हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीका लागि फाप डु प्लेसिसले २७ बलमा ५० रन, जेक फ्रासरले ३८ रन र अभिषेक पोरेलले नटआउट ३४ रन बनाए
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमै अलआउट भयो।
उसका लागि अंकित बर्माले ७४ रन र हेनरिक क्लासेनले ३२ रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए।
हैदरावादको ब्याटिङलाई दबाब दिने क्रममा दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए। प्लेयर अफ दि म्यच स्टार्कले ३.४ ओभरमा ३५ रन दिए। कुलदिप यादवको नाममा ३ विकेट रह्यो।