हङकङ सिरिजका लागि नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा सन्दीप लामिछाने र अनिल साह छैनन्। सन्दीप उपचारपछि फिट हुँदैछन् भने अनिल चोटग्रस्ट भएको क्यानको भनाइ छ।
टोलीमा प्रधानमन्त्रीमा उत्कृष्ट खेलेका दिपन्द्र रावत, किरण ठगुन्ना, अर्जुन घर्तीलाई स्थान दिइएको छ।
सिरिजमा नेपाल र हङकङसहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।
त्यसअघि नेपालले तयारी रुपन्देहीमा तयारी गर्नेछ। जहाँ नेपालका नवनियुक्त प्रशिक्षक स्टुवार्ट लले प्रशिक्षण दिनेछन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम,बसिर अहमद, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दिपेन्द्र रावत, शाहब आलम, बिबेक यादव