प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा घरेलु टोली लुम्बिनीले चौथो जित दर्ता गराएको छ।
सोमबार दाङको लमहीमा भएको खेलमा मधेसलाई ८३ रनले हराउँदै लुम्बिनीले चौथो जित हात पारेको हो। मधेस भने चार मध्ये तीन खेलमा पराजित भइसकेको छ।
लुम्बिनीले दिएको १५९ रनको लक्ष्य पछ्याएको मधेस ७५ रनमै अलआउट हुन पुग्यो। मधेसका लागि हरिशंकर साहले १४ रन र दिपेश दासले २३ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा लुम्बिनीका रमेश कुर्मीले ४ विकेट लिए। उनले मधेसका ओपनरद्वय अनिलकुमार साह र रोहन विकलाई दोस्रो ओभरमा सिकार बनाएका थिए। लुम्बिनीका लागि बिप्रसोन केसीले लिएको ३ विकेट पनि महत्वपूर्ण सावित भयो।
त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी ४६ ओभरमा १५८ रनमा अलआउट भयो।
लुम्बिनीकालागि आकाश त्रिपाठीले ७३ रन बनाए। उनले १२३ बलमा ६ चदक र १ छक्का प्रहार गरे।
बलिङमा मधेसका विशाल पटेल र विशाल गुप्ताले ३-३ विकेट लिए।