अक्षर पटेल आइपिएल २०२५ को लागि दिल्ली क्यापिटल्सको कप्तान नियुक्त भएका छन्।
उनी २०१९ देखि दिल्लीसँग आबद्ध छन्। गत नोभेम्बरमा भएको मेगा अक्सनअघि उनीलाई दिल्लीले १६.५० करोड भारूमा रिटेन गरेको छ।
उनमा कप्तानी अनुभव भने धेरै छैन। यस वर्ष जनवरीमा उनलाई भारतको टी-२० टोलीको उपकप्तान नियुक्त गरिएको थियो।
३१ वर्षीय अक्षरले आफ्नो राज्य गुजरातको नेतृत्व २३ वटा खेलमा गरेका छन्। २०२४-२५ मा सैयद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा उनी गुजरातको कप्तान थिए।
उनले गत वर्ष एक आइपिएल खेलमा दिल्लीको कप्तानी गरेका थिए। ऋषभ पन्त स्लो ओभर-रेटको लागि प्रतिबन्धमा परेपछि उनी कप्तान बनेका थिए।
अक्सनबाट पन्त बाहिरिएसँगै अक्षर दिल्लीको सबैभन्दा अनुभवी खेलाडी हुन्। उनले छ सिजनमा दिल्लीका लागि ८२ खेल खेलेका छन्। गत वर्ष उनले ३० को औसतमा २३५ रन बनाए र ७.६५ को इकोनोमी रेटमा ११ विकेट लिए।
दिल्लीमा केएल राहुल र फाफ डु प्लेसिस पनि छन्। उनीहरुले विगतमा अन्य आइपिएल टोलीको नेतृत्व गरेका थिए।