त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितमा लगातार तेस्रो खेलमा जित हात पारेको छ।
आर्मीले बिहीबार भएको खेलमा आर्मीले कर्णाली प्रदशेमाथि १२७ रनको जित निकाल्यो।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमै अलआउट भयो।
कर्णालीका लागि प्रकाश जैशीले नटआउट ५० रन बनाए पनि अरु ब्याटर चल्न सकेनन्।
बलिङमा आर्मीका शाहब आमलले ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिए।
त्यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनायो।
आर्मीका ओपनर त्रृतराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउदा कप्ता विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाए। यसैगरी भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन जोडे।
बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिए भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिँदै ३ विकेट लिए।
यता दाङको लहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ।
आज भएको खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपिएफले मधेश प्रदेशलाई पराजित गरेको हो। मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा ग¥यो । ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए ।
धेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारीप्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।
दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।