नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को पहिलो ६ महिनाका लागि केन्द्रीय सम्झौतामा रहेर मासिक तलब प्राप्त गर्ने महिला तथा पुरूष क्रिकेट खेलाडीको नाम सार्वजनिक गरेको छ।
क्यानको नयाँ सम्झौतामा ३३ पुरूष खेलाडी र १९ महिला खेलाडी रहेका छन्।
नयाँ केन्द्रीय सम्झौता अनुसार पुरूषतर्फ ग्रेड 'ए' मा रहनेले मासिक १ लाख, ग्रेड 'बी' मा रहनेले ७० हजार, ग्रेड 'सी' मा रहनेले ५५ हजार, ग्रेड 'डी' मा रहनेले ३५ हजार र इमर्जिङ खेलाडीले २५ हजार रूपैयाँ तलब पाउनेछन्।
महिलातर्फ ग्रेड 'ए' मा रहनेले मासिक ५० हजार, ग्रेड 'बी' मा रहनेले ३५ हजार, ग्रेड 'सी' मा रहनेले २५ हजार र ग्रेड 'डी' मा रहनेले २० हजार रूपैयाँ तलब पाउने भएका छन्।
अघिल्लो वर्षभन्दा यसपटक कुनै ग्रेड पनि तलब बृद्धि भएको छैन। यसपटक पुरुषतर्फ अघिल्लो वर्ष ए ग्रेडमा रहेका कुशल भुर्तेल बीमा झरेका छन्। अघिल्लो वर्ष ६ जना ए ग्रेडमा रहेकोमा यो वर्ष ५ जना मात्र छन्। यसैगरी अघिल्लो वर्ष डी ग्रेडमा रहेका अनिलकुमा साह यसपटक बी ग्रेडमा बृद्ध भएका छन्। यस्तै कुशल मल्ल बीबाट सी ग्रेडमा झरेका छन्। विनोद भण्डारी अघिल्लो वर्ष सी ग्रेडमा रहदा यो वर्ष सम्झौतामा छैनन्। यस्तै पवन सर्राफ पनि अघिल्लो वर्ष डी ग्रेडमा थिए भने चोटले गत वर्ष नखेल्दा सम्झौतामा छैनन्। अभिनास बोहरा बी ग्रेडबााट डीमा पुगेका छन् भने मयन यादव पहिलो पटक केन्द्रीय सम्झौतामा रहदै डी ग्रेडमा छन्।
क्यानको सन् २०२५ केन्द्रीय सम्झौतामा रहने खेलाडीको सम्झौता अवधि ६ महिना (जनावरीदेखि जुनसम्म) को हुनेछ। ६ महिना पश्चात् खेलाडीहरूको प्रदर्शनको आधारमा बाँकी ६ महिना (जुलाइदेखि डिसेम्बरसम्म) को लागि खेलाडीहरूको पुनः वर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानको भनाइ छ।
केन्द्रीय सम्झौतामा रहने पुरूष खेलाडी
ग्रेड 'ए' - रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख
ग्रेड 'बी' - कुशल भुर्तेल, गुलशनकुमार झा, करण केसी, ललितनारायण राजवंशी र अनिलकुमार साह
ग्रेड 'सी' - सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल
ग्रेड 'डी' - सागर ढकाल, लोकशबहादुर बम, साहाव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव
इमर्जिङ - दिपेशप्रसाद कँडेल (कोशी), रूपेशकुमार सिंह (मधेस), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम)
केन्द्रीय सम्झौतामा रहने महिला खेलाडी
ग्रेड 'ए' - इन्दू बर्मा, पूजा महतो, रूविना क्षेत्री र सीता राना मगर
ग्रेड 'बी' - कविता जोशी
ग्रेड 'सी' - कविता कुवँर र सम्झनाकुमारी खड्का
ग्रेड 'डी' - विन्दू रावल, अलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सिमाना केसी, कृष्मा गुरूङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी।