आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जित्न न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य दिएको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन जोड्यो।
न्युजिल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे। ड्यारेल मिचेलले १०१ बल खेलेर ६३ रन जोड्ने क्रममा ३ चौका प्रहार गर्न सके।
यस्तै माइकल ब्रासवेलले नटआउट ५३ रन बनाए। उनले १० बलमा ३ चौका र २ छक्का हिर्काए।
त्यसअघि ओपनरद्वय विल योङ १५ रन र रचिन रविन्द्र ३७ रन जोडेर आउट भए। केन विलियमसन ११ रनमै पेभिलियन फर्किए भने टम लाथमले १४ रन र ग्लेन फिलिप्सले ३४ रन बनाउन सके।
बलिङमा भारतका बरुण चक्रवर्ती र कुलदिप यादवले २-२ विकेट लिन सफल भए। मोहमद सामी र रवीन्द्र जडेजाको नाममा १-१ विकेट रह्यो।