बागमती प्रदेश प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ।
बिहीबार भएको उपाधि भिडन्तमा मकवानपुरलाई ६५ रनले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो।
माथिल्लो मुलपानी मैदानमा टस जितर पहिले ब्याटिङ गरेको ललितपुरले आदिल खानको ५६ रन र सूर्य तामाङको ३६ रनको मद्दतमा १९२ रन जोड्यो।
बलिङमा मकवानपुरका साकार गजुरेलले ४ विकेट लिएका थिए।
१९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १२७ रनमै अलआउट भयो।
उसका लागि विशाल फुयाँलले सर्वाधिक ४१ रन बनाए। बलिङमा ललितपुरका नन्दन यादवले ४ विकेट र सूर्य तामाङले ३ विकेट लिए।
प्रतियोगितामा नन्दन उत्कृष्ट खेलाडी घोषित हुँदा भक्तपुरका सौरभ साखकर्मी उत्कृष्ट ब्याटर र ललितपुरका सूर्य तामाङ उत्कृष्ट बलर भए।