बागमती प्रदेश प्रधानमन्त्री कप छनोट प्रतियोगितामा काठमाडौंका सोनु देवकोटाले शतक प्रहार गरेका छन्।
सोनुले टियूविरूद्धको खेलमा बिहीबार शतक प्रहार गरेका हुन्। उनले ४५ बलमा १०७ रन जोडेका हुन्।
खेलमा पृथु बाँस्कोटाले ८८ रन र प्रसिद्ध जैसीले ५९ रन बनाउँद काठमाडौंले ४१० रनको विशाल योगफल बनाएको थियो।
४११ रनको लक्ष्य पछ्याएको टियू २६.१ ओभरमा ५५ रनमै अलआउट हुँदा काठमाडौं ३५५ रनले विजयी भयो। उसका लागि लक्की कडायतले सबैभन्दा बढी ११ रन जोडे।
बलिङमा काठमाडौंका सोनुले ३ विकेट लिए भने कप्तान प्रतिश जिसीले २ विकेट हात पारे।
प्रतियोगिताको अर्को खेलमा मकवानपुरले नुवाकोटलाई १४८ रनले हरायो। पहिले ब्याटिङ गरेको मकवानपुरले २११ रन जोड्दा जवाफी ब्याटिङ गरेको नुवाकोट ६३ रनमै अलआउट भयो।
नुवाकोटविरूद्ध मकवानपुरका रिजन ढकालले ४ विकेट लिए।