राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्दै आएको प्रधानमन्त्री कप एकदिवसिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुँदैछ।
लुम्बिनी प्रदेशका तीन मैदानमा हुने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ। दश टोलीबीच हुने प्रतियोगिता रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तथा दाङ देउखुरीको लमही क्रिकेट मैदानमा सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ।
प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसहित सात प्रदेशका टोलीको सहभागिता हुनेछ।
सिद्धार्थ रंगशालामा फाइनलसहित प्रतियोगितामा १७ खेल हुनेछन्। एक्स्ट्राटेक ओभलमा १५ खेल हुनेछन्। यस्तै लमहीमा १४ खेल हुनेछन्।
पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन्। यस्तै एक्स्ट्राटेकमा बागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली र सुदूरपश्चिमबीच खेल हुनेछ।
प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मुलपानी र कीर्तिपुर मैदानमा भएका थिए। यसपटक भने सबै खेल काठमाडौं बाहिर आयोजना गर्न लागिएको हो।
राउन्ड रोबिन लिगको आधारमा हुने प्रधानमन्त्री कप जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको छनोटको आधार समेत हो। अघिल्लो संस्करणको शीर्ष चार टोलीले यो वर्षको जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए।
खेल तालिका
