आइसिसी च्याम्पियन्स ट्रफी २०२५ आजदेखि पाकिस्तानमा सुरू भएको छ।
कराँचीमा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डले दुई ब्याटरको शतकको मद्दतमा घरेलु टोली पाकिस्तानलाई ३२१ रनको दिएको छ।
टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रनको लक्ष्य जोड्यो।
न्युजिल्यान्डका ओपनर विल योङ र टम लाथमले शतक प्रहार गरे। योङले १०७ रन जोड्ने क्रममा ११३ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
लाथमले नटआउट ११८ रन बनाए। उनले १६० बलमा १० चौका र ४ छक्का प्रहार गरे। प्लेन फिलिप्सले ६१ रन जोडे पछि न्युजिल्यान्डले तीन सय रन कटायो।
बलिङमा पाकिस्तानका नशीम शाह र हरिस राउफले २-२ विकेट लिए।
ट्रफी सन् २०१७ पछि पहिलो पटक आयोजना भएको हो।
सन् १९९६ पछि पाकिस्तानमा आयोजना हुने पहिलो विश्वस्तरीय क्रिकेट प्रतियोगिता कराँची, लाहोर र रावलपिंडीमा दुई सातासम्म खेलिनेछ। भारतका खेल भने युएईमा हुँदैछ।
यो संस्करणमा आठ टोलीलाई चार-चार टोलीको दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। समूह ‘ए’ मा भारत, बंगलादेश, न्युजिल्यान्ड र आयोजक पाकिस्तान छन्। समूह 'बी' मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन्।
आइसिसी पुरुष च्याम्पियन्स ट्रफी विश्वका शीर्ष आठ एकदिवसीय टोलीहरूसँग प्रत्येक चार वर्षमा हुनेछ भने महिला च्याम्पियन्स ट्रफी २०२७ मा टी-२० ढाँचामा सुरु हुनेछ।