नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ।
शनिबार क्यानले सार्वजनिक सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्तको आह्वान गरेको छ।
भारतीय प्रशिक्षक मोन्टी देसाइको दुई वर्षको सम्झौता सकिएपछि क्यानले नयाँ प्रशिक्षक ल्याउने निर्णय गर्दै दरखास्त आह्वान गरेको हो।
प्रशिक्षकका लागि इसिबी/सिए लेभल ३ वा सो सरहको योग्यता हुनु पर्ने क्यानले जनाएको छ।
साथै कम्तिमा पाँच वर्षको व्यवसायिक प्रशिक्षण गराएको अनुभव पनि क्यानले मागेको छ। जसमा आइसिसीको पूर्ण सदस्य वा पहिलो श्रेणीको क्रेकट टोली वा आइसिसी एसोसिएट टोलीको प्रशिक्षण गराएको अनुभव हुनु पर्ने क्यानको भनाइ छ।
यस्तै एसोसिएट टोलीको एकदिवसीय प्रणाली तथा अरु प्रतियोगिताबारे थाहा हुनु पर्ने र क्रिकेटिङ संस्कृति थाहा हुनु पर्ने पनि क्यानले अनुभव मागेको छ।
यस्तै नेपाली क्रिकेट प्रणाली र संस्कृतिको ज्ञान हुनु पर्ने पनि क्यानको भनाइ छ।
क्यानले फेब्रुअरी अन्तिमसम्म निवदेन दिन सक्ने जनाएको छ।
