एसिसी यू-१९ महिला एसिया कपमा नेपाललाई पाकिस्तानले १०५ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।
उसका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले ३८ रन जोडिन्। यस्तै मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए।
समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो।