एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरूद्ध प्रतिस्पर्धा गरिरहेको छ।
समूह ‘बी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानको नेपालले सुरूवाती दुई ओभरमा दुई विकेट लिएको छ।
युएईको शारजाहमा भइरहेको खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे।
अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे।
समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्।
दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।