नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले चितवन राइनोज र काठमाडौं गुर्खाजबीच खेल भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको काठमाडौंले चार विकेट गुमाइसकेको छ।
जसमा तीन विकेट पाकिस्तानका तीव्र गतिका बलर सोहेल तन्विनरले लिएका छन्। पाकिस्तानका लागि टी-२० विश्वकप जितेका तन्विरले आफ्नो पहिलो ओभर तथा चितनवको दोस्रो ओभरको पहिलो बलमा नै इंग्लिस ब्याटर स्टेफन इस्किनाजीलाई २ रनमा अमरसिंह रटेउलाको हातबाट क्याच गराए।
चौथो ओभरमा तन्विरले काठमाडौंका डच ब्याटर माइकल लेभिटलाई दिपक बोहराबाट क्याच गराए। लेभिटले आउट हुनुअघि १६ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे।
चितवनका कप्तान मल्लले तेस्रो विकेट लिने क्रममा गेराल्ड इरासमसलाई ४ रनमा बोल्ड गरे।
तन्विरले आफ्नो तेस्रो ओभरमा चितवनका लागि चौथो विकेट लिए। छैटौं ओभरमा उनले भीम सार्कीलाई स्कुप सट प्रहार गर्न लाग्दा १ रनमा एलबिडब्लूको धरापमा परे। त्यतिबेला काठमाडौंले ३४ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो।
तन्विर सन् २००८ मा राजस्थान रोयल्सले आइपिएल जित्दा सो टोलीमा थिए। उनले तीन ओभरमा ३ विकेट लिदा १९ रन दिएका छन्।