नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङ गर्न सहज नभएको बताएका छन्।
शनिबार एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरूद्ध खेलेपछि गप्टिलले भने, ‘विकेट लिन गाह्रो थियो। पहिले ब्याटिङ गर्न सजिलो थिएन।’
विराटनगर ८ विकेटले पराजित भएको खेलमा गप्टिलले अर्धशतक प्रहार गरेका थिए। उनले ४३ बलमा ५५ रन बनाए पनि विराटनगरका अरू ब्याटर चल्न सकेनन्।
उनले आगामी खेलमा विराटनगरले खेल सुधार गर्ने विश्वास व्यक्त गरे।
‘पहिलो खेलमा राम्रो गर्न सकिएन। अब दोस्रो खेलमा हामी बलियो भएर आउनेछौं,’ उनले भने।
उनले नेपालमा क्रिकेट खेल्दा आफूले निकै ‘इन्जोए’ गरेको समेत बताए।
‘नेपालका मानिस एकदमै ‘वेलकमिङ’ छन्। नेपालमा पहिलो खेलमा हजारौं दर्शकअघि खेल्दा धेरै खुसी लागेको छ। नेपालीहरू क्रिकेट मन पराउँछन् भन्ने थाहा भयो,’ उनले भने, ‘यसअघि नेपाल क्रिकेटबारे थाहा थिएन। आजको खेलपछि धेरै थाहा पाएँ।’
यो पनि:
पहिलो खेल जितेपछि जनकपुरका कप्तान अनिल भन्छन्- हामीले खेलको मजा लियौं