त्रिवि मैदान कीर्तिपुरमा दस हजार दर्शकसामु जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच खेल भइरहेको छ।
यो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल हो। नेपाली क्रिकेटको उत्सव एनपिएल शनिबार देखि नै सुरू भएको हो।
खेल हेर्न हजारौं दर्शकहरू कीर्तिपुर पुगेका छन्। मैदानभित्र र बाहिर थेगिनसक्नुको भिड छ। बाहिर भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।
क्रिकेटको यो उत्सव २० दिनसम्म चल्नेछ। आइतबार स्थानीय तह उपनिर्वाचका कारण खेल हुनेछैन।
प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
फाइनल खेल पुस ६ गते हुनेछ। प्रतियोगिताको विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
तस्बिरमा हेर्नुस त्रिवि मैदानको दृश्यः