पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले दोस्रो जित निकालेको छ।
नेपालले मंगलबार दक्षिण अफ्रिकामाथि ११ रनको जित निकालेको हो।
पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेको क्षतिमा १९८ रन जोड्यो। नेपालका लागि नरेश चौधरीले ८० रन जोडे।
नेपाल दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ विकेटको १८७ रन मात्र जोड्न सक्यो। उसका लागि भिडलाले नटआउट १०० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हराएको थियो।
सुरुवाती दुई खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो।
लगातार दुई खेलमा जित निकालेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको नेपाल नेत्रहिन क्रिकेट संघले जनाएको छ।