दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यन्ट डी ल्याङ्गालाई चोटका कारण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) गुमाउने भएका छन्।
केही सताअघि मात्र चितवन राइनोजले उनलाई आबद्ध गरेको थियो।
१४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्न सक्ने ३४ वर्षीय ल्याङ्गालाई अभ्यासका क्रममा चोट लागेको चितवनले जनाएको छ।
उनको खुट्टामा लगेको चोट निको हुन कम्तिमा दुई साता लाग्ने भएपछि उनी नेपाल नआउने भएका छन्।