सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विदेशी प्रशिक्षक र खेलाडी नेपाल आउने क्रम सुरू भएको छ।
काठमाडौंका ओपनिङ ब्याटर माइकल लेभिट नेदरल्यान्ड्सबाट केही दिनअघि काठमाडौं आइपुगेका थिए।
यस्तै विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन आयरल्यान्ड्सबाट सोमबार नेपाल आइपुगेका छन्। उनी काठमाडौंबाट विराटनगर समेत पुगिसकेका छन्।
चितवन राइनोजका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाल आएर प्रशिक्षण थालिसकेका छन्।
लुम्बिनी लायन्समा पनि भारतकै प्रशिक्षक छन्। प्रशिक्षक नन्दन फाडनिसले लुम्बिनीको प्रशिक्षण गराइरहेका छन्।
सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज सोमबार नेपाल आइपुगेका छन्। खेलाडीको भूमिकामा अस्ट्रेलियाबाट विश्व च्याम्पियन रहेका उनी विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।
एनपिएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ।