पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता मंसिर १५ देखि सुरू हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा त्रिवि मैदानमा २० दिनमा ३२ खेल हुँदैछन्।
एनपिएलका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि मैदानको मर्मत सम्भार भइरहेको छ। लिगका लागि भने पिचदेखि आउटफिल्ड र दर्शक बस्ने स्थानमा समेत परिवर्तन ल्याइएको छ।
क्यानको महत्वाकांक्षी परियोजनाको रूपमा रहेको एनपिएलका खेल भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ।
भारतका शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङ अनि न्युजिल्यान्डका जिमी निशम र मार्टिन गप्टिलसम्म विदेशी खेलाडी एनपिएल खेल्न नेपाल आउँदैछन्। यस्तै नेपालका करिब सय जना खेलाडी पनि एनपिएल खेल्दैछन्।
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने एनपिएलको उत्सव हुने त्रिवि मैदानको ‘ड्रोन भ्यू’ हेर्नुहोस् :-