नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ।
काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा को-फाउन्डरद्वय उपेन्द्र महतो तथा श्रृंखला खतिवडा र क्रिकेट एम्बासडर इन्दु बर्मासँगै मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गरेका हुन्।
सोही कार्यक्रममा काठमाडौँले नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दुलाई क्रिकेट एम्बासडर नियुक्त गर्ने घोषणा गरेको थियो।
काठमाडौँको जर्सी अघि प्रायोजक बिवाइडी अङ्कित छ।
आगामी मङ्सिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।